कोहली, रोहित र बुमराहले बार्षिक ११ करोड पाउँदा अन्य भारतिय खेलाडीले कति पाउँछन् त ? हेर्नुस


भारतीय पूर्वक्रिकेट कप्तान महेन्द्रसिंह धोनी भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को ‘कन्ट्रयाक्ट लिस्ट’बाट बाहिरिएका छन् । विश्वकप क्रिकेटमा सहभागी भएपछि गएको ६ महिनादेखि मैदानबाट टाढिएका धोनीलाई बीसीसीआईले कन्ट्रयाक्ट लिस्टबाट हटाएको हो । उनी पछिल्लो समय ‘ए ग्रेड’मा सामेल थिए ।
बीसीसीआईले बिहीबार २७ खेलाडीको करार गर्दा कप्तान विराट कोहली, रोहित शर्मा र जसप्रित बुमराह गरी तीन खेलाडीलाई ‘ए प्लस’ ग्रेडमा समेटिएको छ । ग्रेड ‘ए’मा रहेका ११ खेलाडीमा रविन्द्र जडेजा, भुवनेश्वर कुमार, चेतेश्वर पुजारा, अजिन्क्या रहाने, लोकेश लाहुल, शिखर धवन, मोहम्मद शमी, इशान्त शर्मा, कुलदीप यादव र ऋषभ पन्त रहेका छन् ।
त्यस्तै, ‘बी’ ग्रेडमा रहेका पाँच खेलाडीमा ऋद्धिमान साहा, उमेश यादव, युजभेन्द्र चाहल, हार्दिक पाण्डेया र मयंक अग्रवाल रहेका छन् । अग्रवाल पहिलो पटक ‘बी’ ग्रेडमा परेका हुन् । त्यस्तै, ‘सी’ ग्रेडमा ८ खेलाडी रहेकामा पाँच खेलाडी नयाँ अनुहारका रहेका छन् ।
बीसीसीआईले वार्षिक ‘ए प्लस’लाई सात करोड, ‘ए’लाई पाँच करोड, ‘बी’लाई तीन करोड र ‘सी’लाई एक करोड भारतीय रुपैयाँ दिँदै आएको छ । धोनीसँगै दिनेश कार्तिक, अम्बाटी रायुडू र खलील अहमदलाई कन्ट्रयाक्ट लिस्टबाट हटाइएको छ ।
ग्रेड A+ (7 करोड़): विराट कोहली, रोहित शर्मा र जसप्रीत बुमराह.
ग्रेड A (5 करोड़): रविचंद्रन अश्विन, रवींद्र जडेजा, भुवनेश्वर कुमार, चेतेश्वर पुजारा, अजिंक्य रहाणे, केएल राहुल, शिखर धवन, मोहम्मद शमी, इशांत शर्मा, कुलदीप यादव र ऋषभ पंत.
ग्रेड B (3 करोड़): ऋद्धिमान साहा, उमेश यादव, युजवेंद्र चहल, हार्दिक पांड्या र मयंक अग्रवाल.
ग्रेड C (1 करोड़): केदार जाधव, नवदीप सैनी, दीपक चाहर, मनीष पांडे, हनुमा विहारी, शार्दुल ठाकुर, श्रेयस अय्यर र वाशिंगटन सुंदर.

Comments