द भोईसका बल बहादुर राजबंशीको सबैलाई नचाउने गीत "पछुताउनु पर्ला” (भिडियो सहित )


काठमाडौँ – 
नेपाली राजबँशी समुदायमा आफुलाई स्टारका रुपमा स्थापित गराउन सफल नाम हो गायक बलबहादुर राजबँशी । बिगत ८ बर्ष देखि नेपाली सँगीतमा सक्रिय राजबँशीले १०० भन्दा बढि गीतमा आवाज भरि सकेका छन् भने दर्जनौँ नेपाली गीत निकालि सकेका छन् । उनको चर्चा भोईस अफ नेपाल सिजन २ मा गएपछि झन् चुलिएको छ ।
उनी भोईस अफ नेपाल सिजन २ मा टप नाईन सम्म पर्न सफल होनहार ट्यालेन्ट हुन्। “यसपालि त बिहे गर्ने हो ” जस्ता सफल गीत दिन सफल बलबहादुर राजबँशीले भर्खरै नयाँ गीत “पछुताउनु पर्ला” सार्बजनिक गरेका छन् ,जसमा शब्द डा. राजुबाबु स्रेष्ठको रहेको छ भने सँगीत चर्चित सँगीतकार हरि लम्सालको रहेको छ । गीतको सँगीत सँयोजन रिकेश गुरुङ्गले गरेका छन् भने क्रिस्टल क्लज क्रिउ डान्स ग्रुपको अभिनय देख्न सकिन्छ ।पोखराको मनोरम दृष्यहरुमा छायाँकन गरिएको भिडियो सन्देश जँग राणाले निर्देशन गरेका छन् ।


सबै धारको गीतलाई न्याय दिन सफल राजबँशीको यो गीत डान्सिङ्ग बिटमा रहेको छ। सबै दर्शकस्रोताको मन जित्ने कुरामा गायक राजबँशी आशावादी छन्। गीतको भिडियोलाई गायकले आफ्नै च्यानल बलबहादुर राजबँशी बाट सार्बजनिक गरेका छन ।

Comments