आज बिहान दुर्घटनामा परि एकको निधन


सुनकोशी गाउँपालिका – ३ सिस्नेरीमा मोटरसाइकल दुर्घटना हुँदा सुनकोशी–३ कै ४५ वर्षीय शेरबहादुर मगरको निधन भएको छ । 

बा६५प ७४७३ नंको मोटरसाइकल सोमबार राति सडकबाट तल खस्दा उनको घटनास्थलमा नै मृत्यु भएको र अर्का एक घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।  
घाइते सिस्नेरीकै कुमार भनिने काशीराम थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

 मोटरसाइकल सडकबाट खोल्सामा खस्दा पछाडि बसेका थापा बीचमा नै अड्किएकाले सामान्य घाइते भएका हुन् । बल्खुबाट सिस्नेरी घरतर्फ फर्कदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ । राति दुर्घटना भए पनि बिहान मात्र स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मगरको शवपरीक्षण गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Comments