भारतमा "नीर्भया कान्ड" मा सम्मेलित ४ बलात्कारीलाई मृत्यु दन्ड


सन २०१२ मा दील्ली स्थीत गुडीरहेको बस भीत्र एक युवती चीकीत्ससास्त्र अध्यन गर्दै गरेकी नीर्भया एक छात्राको सामूहिक बलात्कारपछि हत्याका चार अभियोगीलाई जनवरी २२ मा मृत्युदण्ड दिइने भएको छ । बलात्कार अभियोगी ३२ वर्षीय मुकेश सिंह, पवन गुप्ता, विनय शर्मा र अक्षयकुमार सिंहलाई २२ जनवरीको ७ बजे बिहान तिहाड जेलमा सामूहिक रूपमा मृत्युदण्ड दिन पटियाला हाउस अदालतले मंगलबार आदेश दिएको हो । उनीहरूलाई झुन्ड्याएर मृत्युदण्ड दिन सो जेलमा एक महिनादेखि जेल अधिकारीहरूले तयारी गर्दै आएका छन् । 

‘फैसलाले न्यायपालिकामाथि मानिसको भरोसा जाग्नेछ र महिलालाई शक्ति दिनेछ,’ पीडित युवती (निर्भया) की आमाले भनिन् । सन् २०१२ को डिसेम्बर १६ मा २३ वर्षीय ती युवतीलाई गुडिरहेको एउटा बसमा सामूहिक बलात्कारपछि यातना दिएर सडकमा निर्वस्त्र फालिएको थियो । निर्भया र उनका केटा साथी फिल्म हेरेपछि सो बसमा फर्किएका थिए । उपचारका क्रममा २९ डिसेम्बरमा उनको मृत्यु भएको थियो ।

Comments