बिहानै ललितपुरमा शंकास्पद वस्तु फेला





ललितपुरको पुल्चोकमा शंकास्पद वस्तु फेला परेको छ । शनिबार बिहान पुल्चोक र गाभलको बीचमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार प्याक गरेर फालेको अवस्थामा तारसहित देखिने गरी शंकास्पद वस्तु फेला परेको हो । उक्त वस्तु के हो परिचान हुन सकेको छैन ।‘बम हो कि भन्ने शंकाका आधारमा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ,’ महानगरीय प्रहरी  प्रभाग पुल्चोककी इन्सपेक्टर पुर्णिमा चन्दले बताइन् । 


साभार -सेतोपाटी 

Comments