इरानले ८० अमेरिकी सेना मारेको दाबी


इरानले बुधबार गरेको मिसाइल आक्रमणमा ८० अमेरिकी सेना मारिएको दाबी गरेको छ । इरानी सरकारी टेलिभिजनले जनाएअनुसार इरानी अधिकारीहरुले १५ मिसाइल प्रहार गर्दा १५ अमेरिकी आतंकवादी मारिएको भन्ने अभिव्यक्ति दिएका छन् । 
रिभ्युलुसनरी फोर्स उच्च स्रोतको हवला दिँदै इरानी टेलिभिजनले ८० जना मारिनुका साथै निशानामा परी अमेरिकी स्रन्य उपकरण तथा हेलिकप्टरमा ठूलो क्षति पुगेको जानकारी दिएको छ । 
इरानले अमेरिकाले कुनै आक्रमण गरे जवाफी कारबाहीका लागि १०० निशाना तयारीमा राखिएको भनी चेतावनी दिएको हो । बुधबार बिहान इरानले पश्चिमी इराकको इन् अल आसाद र इरविलकास्थित अमेरिकी गठबन्धन सेनाका दुई  बेस क्याम्पमा मिसाइल प्रहार गरेको थियो ।
 गत साता अमेरिकी आक्रमणमा इरानी कमाण्डर कासिम सुलेमानी मारिएपछि इरानले बदला लिने धम्की दिँदै आएको थियो।

Comments